
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आठ जना नेतालाई केन्द्रीय समितिमा मनाेनित गर्नुभएको ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह
(रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
पार्टीका नेता तथा सभापतिका प्रत्यासी शेखर काेइरालाले हिजाे भेटेर देउवाकाे कार्यशैलीप्रति असहमति जनाएको भाेलिपल्ट सभापति देउवाले शेखर पक्षका नेताहरुलाइ समेत समेटेर केन्द्रीय समिति विस्तार गर्नुभएको हाे । कांग्रेसले केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ ।
साउन ४ देखि १० गतेसम्म बसेकाे बैठकले एक वर्षे कार्यतालिका निर्माण गरेकाे थियाे ।कार्यतालिका अनुसार साउन २० देखि ३० गतेसम्म पार्टी सुदृढीकरण अभियान सञ्चालन भएको थियो भने दाेस्राे चरणको कार्यक्रम स्थगित भएको थियाे । यस्तै भदौ १५ भित्र विभाग गठन गर्ने निर्णय भएको भए पनि १६ वटा विभाग प्रमुख मात्र चयन भएको छ ।यस्तै मंसिरमा महासमिति बैठक बस्दै छ ।