
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले असोज २६ गतेका लागि साधारणसभा बोलाएको छ । बैंककले बैंकले यसपाली नगद लाभांशलाई प्राथमिकतामा राखेको छ। बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५।७९ प्रतिशत नगद लाभांश दिनेछ। लगानीकर्ताले दसैंअघि नै नगद लाभांश पाउने छन्।
नगद लाभांशमा बैंकको ८२ करोड २१ लाख रुपैयाँ बाहिरिने छ।बैंकले साधारणसभामा भाग लिन र लाभांश बुझ्न असोज १४ सम्म सेयर खरिद गरेको हुनु पर्छ। बैंकले मर्जरलाई विशेष प्रस्तावका रुपमा राखेको छ। उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि बाटो खुला राखिएको छ