
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी चिन फिङसँग भेट गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय
हाङझाउ, जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उहाँहरुबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्व चीन पुगेको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै चीन गएको विषयमा दाहाललाई चिनियाँ राष्ट्रपतितले भेटवार्ता नगर्ने जस्ताकाबीच प्रधानमन्त्री दाहाललाई चीन सरकारले विमानस्थलबाट नै स्वागतसँगै राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता समेत भएको छ । यस अर्थमा दाहालको भ्रमण पूर्णत सफल भएको मान्नुपर्दछ ।