
समुन्द्रटार । आफ्ना माता पिताको स्मृतिमा ट्रस्टमार्फत विभिन्न सामाजिक काम गर्दै आइरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी परिवारले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरेको छ । नेता केसी संरक्षक रहेको केसी परिवाले स्थापना गरेको यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रस्ट ,ॐ हस्पिटल रिसर्च सेन्टर ,सुर्यमती चन्द्रमति बहुउद्देसिय सहकारी सस्थाद्वारा संयुक्त रुपमा समुन्द्रटार स्वास्थ्यचौकीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

ट्रस्टको आयोजनामा भएको स्वास्थ्य शिविरमा १०५२ बिरामीहरुको उपचार सहित ९१ जना श्वयमंसेविका हरुलाई दोसल्लासहित प्रमाणपत्र बितरण गरिएको ट्रस्टका सचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ । निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न खाले रोगका विशेषज्ञ चिकित्सकहरुले स्थास्थ्य परिक्षण सहित औषधी समेत वितरण गरिएको जनाइएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले आफूहरुले राजनीतिभन्दा पर गएर सामाजिक भावनाले आफ्ना माता पिताको स्मृतिमा काम गर्दै आएको बताउनु भयो । ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीसहित केसी परिवारका दाजूभाईहरुको सहभागिता थियो । स्वास्थ्य शिविरमा सर्वसाधारणले उत्साहजनक रुपमा सेवा लिएको ट्रस्टले जनाएको छ । ट्रस्टमार्फत यसअघि नुवाकोट जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो । उक्त ट्रस्टले महाभुकम्पदेखि कोरोना ममहामारीका बेला पनि गाउँ गाउँमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
