
नुवाकोट बेलकोटगढी माहादेव मावि रातमाटेका विद्यार्थीहरु, फाइल तस्बिर
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति सँगै आजबाट विद्यालय पूर्ववत अवस्थामा खुलेका छन् । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी भएसँगै आजबाट नियमित रुपमा विद्यालय सञ्चालनका लागि विद्यालय प्रधानाध्यापकहरुले सार्वजनिक रुपमा सूचना जारी गरेको छन् । विद्यालयका प्रअहरुले केही दिन विद्यालय बन्द भएकोप्रति अभिभावकहरुसँग क्षमायाचना गर्दै यसको पुर्ति बिदाको दिन समेत विद्यालय खोलेर पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
शिक्षकहरुको आन्दोलन गर्दै आएको शिक्षक महासंघले शिक्षकहरुले सरकारसँग गरेको वार्ता निकै फलदायी भएको भन्दै यसबाट सन्तुष्ट हुन सबै शिक्षकहरुलाई अपिल गरेको छ । तर राहत शिक्षक संघर्ष समितिले भने आफूहरुलाई वेवास्ता गरेर सहमति गरिएको भन्दै आन्दोलन जारी राखेका छन् । तर उनीहरुको आन्दोलनप्रति महासंघसहित अन्य संघ संगठनले जिम्मेवारी लिएका छैनन् । महासंघ र सरकारबीच वार्तामा ७ बुँदे समति भएको थियो । सहमति अनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने,“विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने, शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने, प्रजातान्त्रिक तथा द्वन्द प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था लगायतका विषयमा सहमति भएको थियो ।
प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने,शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने, योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने, शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने
,सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणासम्बन्धी विषय ।
,। साविक उच्च माध्यमिक विद्यालयमा, राहत, विशेष शिक्षा अनुदानकोटामा नियुक्त भई निरन्तर सेवारत सम्बन्धमा मिति २०७३।३।१५ अघि नियुक्त भएकाकोहकमा शत प्रतिशत र सो पश्चातको हकमा प सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने।
विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा स संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्ष प्रदान गर्ने,नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबा सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने रहेका थिए ।
