
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित हुनुभयो । महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भए । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए ।

केन्द्रीय सदस्य निर्वाचित दुर्गाराज पाठक
क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एकरएक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् । यसैबीच क्यानको केन्द्रीय सदस्यमा नुवाकोटका जिल्ला अध्यक्ष दुर्गाराज पाठक निर्वाचित भएका छन् । पाठकले अन्य प्रतिस्पर्धी भन्दा भारी मतकासाथ विजयी भएको बताइएको छ