
काठमाडौं । स्वास्थ्यकालागि खेलकूद राष्ट्रकालागि खेलकूद भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकूद अभियानलाई आत्मसाथ गर्दै गोकर्णेश्वर मुवाथाई नगर कमिटिबाट यही असोज १३ गते शनिबारको दिन गोकर्णेश्वर महादेव मन्दिरको परिसरमा प्रोफेसनल नकआउट मुवाथाई च्याम्पियनसीप खेल हुने भएको छ । उक्त खेलमा राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा नाम राख्नेहरु सफल खेलाडिहरुको सहभागी हुने आयोजकहरुले जनाएका छन् ।
गोकर्णेश्वर काठमाण्डौ उक्त खेलमा विभिन्न विद्यामा प्रतिपर्धा हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराए । प्रतियोगिता विहान ९ बजे देखि शुरु भई बलुका ५ बजे सम्म हुनेछ । यसको हरेक विधाका विजेताले रु १० हजार र उपविजेताले ५ हजार नगद र साथमा विनर वेल्ट, ट्रफी, मेडल टिसर्ट र सर्टिफिकेट पाउने छन् भने कार्यक्रममा गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष सानु श्रेष्ठले नेपालकै नमुनाको सर्वोकृष्ट खेल खेलाउन सफल भएको दावी गर्नुभयो । यस कार्यक्रमका प्रमुख गोकणेश्वर नगरपालिकाका यूवा तथा खेलकूद उपशाखा प्रमुख राम नारायण शाहले खेलाडी स्वयंसेवकलाई ट्रयाकसुट तथा टिसर्ट वितरण गर्नुभएको थियो। कार्यक्रममा नगर कमिटिका सवै पदाधिकारीहरु उपाध्यक्षहरु ज्ञान दाश श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सचिव शिवहरी श्रेष्ठ, कोषाध्यक्ष निराजन सेढाई र सदस्यहरु श्यामकाजी श्रेष्ठ, राकेश महर्जन जगदश पाण्डे, दुर्गा बहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।