
काठमाडौं । मुलुकको चर्चित व्यवसाययिक कम्पनी सूर्य नेपाल प्रालिले आफ्नो उत्पादन मंगलदीप पूजा अगरबत्तीको एम्बेस्डरमा नेपाली चलचित्र उद्योगकी अभिनेत्री वर्षा सिवाकोटीलाई नियुक्त गरेको छ । आफ्ना उत्पादनलाई सशक्त रूपमा ग्राहकमाझ पुर्याउन तथा आफ्नो उत्पादनको प्रवर्द्धन गर्न सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
नेपाली सिने जगतमा विभिन्न चलचित्रमा आफ्नो अभिनय देखाएकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजना गर्ने अभिप्रायको साथ मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको जनाएको छ । कम्पनीले मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सुगन्ध तथा प्याक साइजमा उपलब्ध रहेको जनाएको छ ।
यसअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेन्डर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादनहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । जुन आम उपभोक्ताले मन पराइरहेका छन् ।