
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताउनुभएको छ। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताउनुभयो ।
नेपालमा शिक्षाको गुणस्तर कमजोर छ। यहाँ पढ्नु हुँदैन भन्ने गलत भास्यको विकास गरिँदै छ। हामीसामु पुरानो इतिहास पनि छदै छ। अहिले राम्रो हुँदैछ। राम्रो भएको छ। हामीले राम्रो गर्नुपर्छ। राम्रो गर्न सम्भव छ। हामी त्यो गरिरहेका छौँ उहाँले भन्नुभयो। उहाँले छात्रवृत्ति पाउँदा मात्र उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने धारणा राख्नभयो ।
नेपालमा अवसर नभएको भन्दै यहाँ राम्रो काम गरिरहेकाहरू बाहिर गएको र त्यहाँ सामान्य काम गरिरहेको बताउँदै उनले नेपालका सम्भावनालाई छोडेर बाहिर जान नहुने बताउनुभयो ।
उहाँले देशको दक्ष जनशक्ति मुलुकमै बस्नुपर्ने बताउनुभएको छ । सबै मिलेर इमान्दार भएर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
यसका साथै मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार लागि परेको उहाँले बताउनुभयो । मुलुकमा सुशासन, दिगो विकास र समृद्धि कायम गर्न सरकारले काम गरिरहेको मन्त्री महतले बताउनुभयो ।
विकसित मुलुक एकै पटक विकसित भएका होइनन् । नतिजा आउन समय लाग्छ। अहिले हामीले इमान्दारिताका साथ काम गरिरहेका छौँ, नेपालमा विकास सम्भव छु, उनले भने। कोरोना महामारीलगायत विभिन्न कारणले नेपालमात्र नभएर विश्वकै अर्थतन्त्र अप्ठ्यारो परिरहेको समयमा तत्कालको कुरामात्र नहेरेर आउँदो पीढीसम्मलाई फाइदा पुग्ने कुरामा सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो ।