
सेवक नेपाल संस्थाको ९ औं वार्षिक साधारणसभा, पाँचौ अधिवेशन तथा सामाजिक लेखापरीक्षण बहस २०७९र०८० कार्यक्रम उद्घाट्न गर्दै प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बाहादुर वाईबा, तस्बिर ः काशीनाथ रिमाल
काठमाडौं । राजधानीको भृकुटीमण्डपका व्यवसायीहरुले स्थापना गरेको सामाजिक संस्था सेवक नेपालको ९ औं बार्षिक साधारण सभा,५ औं अधिवेशन तथा सामाजिक लेखापरीक्षण बहस २०७९र०८० कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामनगरमा रहेको किम्ची बैङ्क्युटमा संस्थाका अध्यक्ष यज्ञप्रसाद चौलागाईंको सभापत्विमा भएको कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बाहादुर वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका लोचन रेग्मी ,मन्डनदेउपुर नगरपालिका वडा नं ३, का वडा अध्यक्ष पुरुषोत्तम बजगाई , मन्डनदेउपुर नगरपालिका बालबालिका शाखा प्रमुख सपना वली सामाजिक लेखापरिक्षेक सुनिल लामा ,लायन्स कलब आकर्षणका शिबहरी ढकाल, निम्न ब्यापारी संघ नेपालका अध्यक्ष लक्ष्मी वलि, जेष्ठ अभियान्ता खिल बहादुर खड्का पुर्व अध्यक्ष पुर्णबहादुर खड्का, शिव प्रसाद भट्ट , पूर्व कोषाध्यक्ष जनार्दन तिमल्सिनाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै संस्थाको बारेमा बुद्ध गौतमले प्रकाश पार्नु भएको थियो भने संस्थाको पूर्व लेखा समिती संयोजक श्रीराम क्षेत्रीले नारी कबिता बाचन गरि कार्यक्रमको आकर्षक थप्नु भएको थियो ।

यस्तै कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष पूर्ण बहादुर खड्का तथा शिव प्रसाद भट्ट ,सल्लाहकार समिती संयोजक खिल बहादुर खड्का, राष्ट्यि बाल अधिकार परिषदबाट लोचन रेग्मी मण्डनदेउपुर नगरपालिकाका वडा नं३, का अध्यक्ष पुरुश्वत्तम बजगाई लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । यस्तै दोश्रो चरणको कार्यक्रममा सामाजिक लेखा परिक्षक सुनिल लामा ज्युले संस्थाको सामाजिक स्थितिको बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख अतिथीले सेवक नेपालको अपनवत्व ग्रहण गरिदिन आग्रह गर्दै बहस कार्यक्रम चलाउनु भएको थियो ।
यसैबिच संस्थाको सम्पूर्ण गतिबिधी समेटिने बिबेक ढकालले डिजाईन गर्नु भएको सेवक नेपाल एप्स प्रमुख अतिथिले कम्प्युटरको माउस चलाएर लोकार्पण गर्नु भएको थियो । कार्यक्रममा बालबालिकाहरुले स्वागत नृत्य तथा संस्थाको आफ्नै गितमा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि मेयर वाईवाले सेवक नेपालको बाटो ढलानको लागि रु १० लाख बजेट सहयोग गरेको स्मरण गराउँदै सेवक नेपाललाई वार्षिक रु ५ लाखको दरले नगरपालिकामा नरहेको अवस्थामा समेत सँधै आईरहने व्यवस्था मिलाईदिने प्रतिवद्धता जनाउनु भएको थियो ।

उहाले बाटो ढलानमा अपुग हुनसक्ने भएकोले अर्को ५ लाख थप गरिदिने, बालगृहमा तातोचिसो पानी व्यवस्थापनको लागि सोलार जडानको व्यवस्था मिलाउने, सेवक नेपालको कम्पाउडिङ बाल लगायत बाँकी रहेको काममा नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त जनाउनुभएको थियो । राष्ट्यि बालाधिकार परिषदका लोचन रेग्मीले आफुले यस क्षेत्रमा भोगेको १७ वर्षको दौरानमा अत्यन्तै पारिवारिक रुपमा बालबालिकालाई संरक्षण गर्ने मध्येको एक अग्र स्थानमा सेवक नेपाललाई पाएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा संस्थाका महासचिव काशीनाथ रिमाल संचालन गर्नु भएको थियो भने कार्यसमिति सदस्य धरती कल्पनाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यसैबीच अधिवेशनले यज्ञप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा काशीनाथ रिमाल,महासचिवमा केशव बहादुर सापकोटा,सचिवमा श्रीराम क्षेत्री,कोषाध्यक्षमा तिर्थकुमारी राईलाई चयन गरेको छ । सहकोषाध्यक्षमा बुद्धिबहादुर शिवभक्तीलाई चयन गरेकोछ भने सदस्यहरुमा देवलाल तिमिल्सिना,राजकुमार गौतम,नमराज तिवारी,तोयनाथ चौलागाई,अस्मिता तिमिल्सिना,जर्नादन तिमिल्सिना,हरिशरण न्यौपाने र नेत्रनारायण पौडेललाई चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गर्दै आफ्नो कार्यभार समेत सम्हालेको छ ।