
काठमाडौँ, नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ ।
गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित हुनुभएको छ । । अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।
अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिनुभएको थियो । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।
नुवाकोटजिल्लावाट वाग्मती प्रदेश बाट बिजयी हुनेहरुमा
भुगोलखुल्ला सदस्य संख्या ४
अजित मान तमाङ
काशिराज अधिकारी
पुर्णलाल श्रेष्ठ
बिष्णुप्रसाद लोहनी
भूगोल खुल्ला महिला सदस्य २
बिन्दा नेपाल
निर्मला खड्का
प्रतिनिधि सभा १ संख्या (२
कृष्णप्रसाद लामिछाने
बलराम आचार्य
प्रतिनिधि सभा २ संख्या २
गणेश श्रेष्ठ
सन्जु पन्डित
प्रतिनिधिसभा १ महिला संख्या १
सरस्वती थापा
प्रतिनिधि सभा २ महिला संख्या ( १
गिताकुमारी दहाल
युवा संख्या १
प्रल्हाद प्याकुरेल
दलित महिला संख्या १
कल्पना नेपाली