प्रतिपक्षी दल नेकपा एमालेकाे माग अनुसार उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । आज प्रधानमन्त्री निवासमा बसेकाे एमाले माओवादी नेताहरूकाे बैठकले यस्तो सहमति गरेकाे हाे ।हिजो एमालेका सचेतक महेश बर्ताैलाले सरकारले धाेका दिएकाे भन्दै त्यसकाे हिसाबकिताब आव बस्ने बैठकमा हुने चेतावनी दिएका थिए ।
उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।
सहमति अनुसार आयाेगकाे समयसिमा तीन महिना राख्ने सहमति पनि भएको छ ।त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलाे सुन प्रकरणमा छानबिन आयाेग बनाउने विषयमा दलहरूबिच बिबाद चलिरहेका बेला सुन तस्करहरुले भने बाटाे परिवर्तन गरेर तस्करी गरिरहेका छन् ।
केही दिन अघि दाेदखाबाट ४ किलाे सुन समातिएको थियाे भने हिजाे रसुवागढी नाका हुँदै तस्करी गरेर ल्याइएको १ केजी सुन पनि प्रहरीले बरामद गरेकाे छ ।उक्त सुन बरामद सँगै यसमा ठुलै गिराेह हुनसक्ने अनुमान गरिएको छ।