
विदुर । नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्था त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । विदुर नगरपालिका–१ ढुंगेमा शनिबार सम्पन्न भएको साधारणसभामा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले पेश गर्नुभएको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार सहकारीले आर्थिक वर्ष २०८०÷०८१ को भाद्र महिनासम्ममा ४ करोड ११ लाख ४६ हजार शेयरपुँजी संकलन गरेको छ । यस्तै संस्थामा १ हजार ६७२ सेयर सदस्य रहेका रहेको र ४० करोड ३५ लाखको कुल सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, बचत संकलन २९ करोड ८ लाख ६३ हजार गरेको संस्थाले २९ करोड ४७ लाख ४३ हजार कर्जा सदस्यहरुमा लगानी गरेको छ । संस्थाले १ करोड ६२ लाख १५ हजार संस्थागत शेयर लगानी गरेको छ ।

यस्तै अध्यक्ष श्रेष्ठले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रम आयोजना गरेको, सहकारी सदस्यता सेवा केन्द्रका रुपमा बेलकोटगढीमा सञ्चालन गरिएको र अन्य पालिकाहरुमा पनि विस्तार गर्ने तयारी रहेको, सहकारी सदस्यहरुलाई विभिन्न घात रोग लागेको अवस्था दिने सहयोगलाई निरन्तरता दिएको लगायतका कार्यक्रमहरु सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ र लेखा संयोजक उपेन्द्र अमात्यले वार्षिक प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य र विद्यार्थीहरूको साथै शेयर सदस्य जेष्ठ नागरिकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो
। सहकारीले गत आवमा अवलोकन भ्रमणमा रुपैंयाँ १८ लाख ८ हजार, सञ्चालक समिति बैठकमा ३ लाख ९३ हजार र तालिममा३ लाख ४० हजार खर्च गरेको छ । सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका जेष्ठ शेयरसदस्य कुलबहादुर बोगटीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डित,त्रिकाश बचत तथा ऋण सहकारीका अध्यक्ष अनिल कुमार श्रेष्ठ, संगम बचत तथा ऋण सहकारीका अध्यक्ष नायारण श्रेष्ठ, त्रिशुली काठमाडौं समाजका अध्यक्ष देशभक्त प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ स्वागत मन्तव्य राख्नुभएको थियो ।