
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस रुपान्तरण अभियानको नाममा भएको कार्यक्रमलाई फेरि अस्वीकार गरिदिएका छन् । कांग्रेस सभापतिका प्रत्यासी रहेका डा. कोइरालालाई आयोजक नेताहरुले भेटेर निमन्त्रणा दिएको भएपनि कोइरालाले भने पार्टीको वैधानिक प्लेटफर्म नभएकाले आफू उक्त कार्यक्रममा सहभागि नहुने जनाउ दिएको भएपनि आयोजकहरुले भने कोइराला सहभागि हुने भन्दै ब्यानरमा फोटो राखेर प्रचार गरेका थिए ।
उनीहरुले संस्थापन इतर समूहलाई एक बनाउने र नेता कोइराला,महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा,प्रदिप पौडेल, धनराज गुरुड.सहितका नेताहरुलाई एउटै मञ्चमा राखेर आफ्ना कुरा सुनाउने तयारी गरेका थिए । तर रुपान्तरणकारीले पार्टीको वैधानिक ढंगको कार्यसमितिलाई आयोजक बनाउन सकेनन् जसका कारण महामन्त्री शर्मा,नेता कोइराला सहभागि भएनन् । पदाधिकारी समेतको उपस्थितिमा हुने कार्यक्रममा विधानले नचिनेको आयोजक भएकाले नेताहरु उपस्थिति नभएको स्रोतको भनाइ रहेको छ । १४ औं महाधिवेशनको संकल्प ‘उत्साह, एकता र रुपान्तरण’ विषयक विचार गोष्ठी नामक कार्यक्रममा आयोजक थियो– नेपाली कांग्रेस रुपान्तरण अभियान, बागमती प्रदेश । जसको व्यवस्थापनको जिम्मेवारी भने नुवाकोट जिल्लाको नेपाली कांग्रेस बेलकोटगढी नगर इकाई समितिलाई राखिएको थियो ।
उक्त कार्यक्रमका बारेमा महामान्त्री गगन थापा समेत आफै पनि अलमलमा परेका थिए । तर थापाले भने पार्टीका साथीहरुको गुनासो सुन्ने अवसरको रुपमा मात्र प्रयोग गरे । थापाले नत रुपान्तरणकारीको अभियान सहि भएको बताए न त यसले पार्टीलाई शुद्धिकरणमा सहयोग पुग्ने कुरा नै राखे, महामन्त्रीले सरकार सञ्चालन र पार्टीको भावी रणनीतिका बारेमा आफ्ना कुरा मात्रै राखे । उता बेललकोटगढीका कांग्रेसका नेता कार्यकर्ताले पनि पार्टीको वैधानिक तहलाई विधान विपरित भएका प्लेटफमहरुलाई उपयोग गर्न दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका कांग्रेसका एक पदाधिकारीले भने, पार्टीको विधानले नचिनेका आयोजककको व्यवस्थापनको जिम्मेवारी लिनु नेतृत्वमा रहेकाहरुको कमजोरी हो , यसले सिंगो बेलकोटगढीको नेतृत्वप्रतिका अपरिपक्कता दर्शाएको छ । नेपाली कांग्रेसका महामन्त्रीको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुका भने बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रममा महामन्त्री गगन थापाले पछिल्लो समय संविधानको विकल्प खf]ज्ने प्रयास भैरहेको भन्दै त्यस्तो अवस्था आए फेरि अर्को एउटा पुस्ताको समय खेर जाने बताए । प्रदेशलाई आवश्यक ४० बढी कानुन बनाउन चुकेका कारण नै संघीयतामा प्रश्न उठ्ने अवस्था बनेको महामन्त्री थापाको भनाई थियो । समानुपातिक प्रणालीमा नेताको दादागिरीले गर्दा असन्तुष्टि बढेको भन्दै प्रत्यक्षमै समानुपातिक निर्वाचन प्रणाली खोज्न सकिने तर्क कांग्रेसमा उठेको उल्लेख गरे । प्रत्यक्षबाट मात्रै चुनिँदा पनि समस्यारहित भने नभएको विगत उनले सम्झाए ।

प्रत्यक्ष प्रणाली हुँदा २०४८ र २०५६ मा कांग्रेसले बहुमत ल्याउँदा के भएको थियोरु त्यो पनि हेरौं ।’चुनाव अघिको गठबन्धनका विरोधी थापाले आइतबार राजनीतिमा नयाँ विषय प्रवेश गराएका छन् । गठबन्धनको सरकारले २०८४ सालमा सरकारको जस अपजसको भाग लिन कोही पनि तयार नहुने अवस्था बन्ने उनले आकलन गरे । आलोपालो सरकारमा अन्तिम कार्यकाल कांग्रेसले एकलौटी सत्ता चलाउन पाउनुपर्ने प्रस्ताव राखे ।कांग्रेसको सबै मन्त्री फिर्ता बोलाएर दुई अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने नयाँ प्रस्ताव राखे ।’हामी फ्लोरबाट समर्थन गर्ने, तलमाथि नगर्ने । जहाँ असहमति जनाउनुपर्ने हो, जनाउने, जहाँ सहमति जनाउनुपर्ने हो, सहमति जनाउने,’महामन्त्री थापाले भने, त्यसपछिको दुई–अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउँछ, जस भए पनि कांग्रेसले लिन्छ, अपजस भए पनि कांग्रेसले लिन्छ
।’थापाले टिकट वितरण गर्ने संसदीय बोर्ड खारेज गर्नुपर्ने मत सार्वजनिक कार्यक्रममा राख्दै आएका छन् । उक्त प्रसंगलाई उनले आइतबार पनि उठाए । उम्मेदवारको टिकट वितरण गर्ने बोर्डहरु सबै खारेज गरेर पार्टी सदस्यले सम्बन्धित संरचनाको उम्मेदवार छान्नुपर्ने मत राखे । भ्रातृ संस्थालाई ठूलो वा सानो जुन सुकै आकारको बनाएपनि असन्तुष्टि नहटेको उल्लेख गर्दै पार्टी र भ्रातृ संस्थाको सम्बन्ध नयाँ तरिकाले परिभाषित गर्नुपर्ने मत राखे । उक्त कार्यक्रममा कांग्रेस नेताहरु दिलेन्द्र प्रसाद बडुु, मधु आचार्य,अजयबाबु सिवाकोटी रमेश धमलासहितका नेताहरुको सहभागिता रहेको थियो ।

गगन पक्षको सार्वजनिक कार्यक्रममा यस अघि नदेखिएका नेता प्रदीप पौडेल आइतबार सहभागी भए । पौडेलले पनि पार्टी र सरकारमा कांग्रेसको भूमिकाप्रति चिन्ता व्यक्त गरे । गरेका थिए । कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेस मरेका नेताहरुको योगदनाका कारण मात्रै टिकेको भन्दै वर्तमान नेतृत्व असफल भएको बताए । कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पार्टीलाई बलियो बनाउन रुपान्तरणको अभियान सञ्चालन भएकोस्पष्ट पारेका थिए ।