प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार १९:३०

काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


यसअघि मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको थियो । समितिले मंगलबार नै प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग सुनुवाइ गर्दै उनले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल गरेको थियो ।


सुनुवाइका क्रममा समितिले उजुरीकर्तासँग समेत छलफल गरेको जनाएको छ । त्यसपछि समितिले शर्माको नाम अनुमोदन गरिएको जानकारी राष्ट्रपतिसमक्ष लिखित रूपमा पठाएको थियो । सोही आधारमा राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।


नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *