
देविघाट । नुवाकोट जिल्लाकाे देविघाटामा रहेकाे देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानकाे अक्ष्ययकाेष स्थापनाका लागि बेलकाेटगढी नगरपालिकाका उपमेयर शिव दाहालले रु ५० हजार सहयाेग गरेका छन् ।
आज प्रतिष्ठानले जेष्ठ नागरिक दिवसका अवसरमा आयाेजना गरेकाे कार्यक्रममा उपमेयर दाहालले आफ्ना स्वर्गीय पिता नेत्र प्रसाद दाहाल ( नारायण) काे स्मृतिमा अक्ष्यय काेष रहने गरि रु ५०,०००(पचास हजार )हस्तान्तरण गर्नु भएको थियाे । साथै उक्त रकम माथी अनुकुल समय मा थप रकम प्रदान गर्ने प्रतिबद्वता जनाउनु भएको थियाे ।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालकाे सभापतित्वमा भएको ३३ अैां अन्तराष्टिय ज्येष्ठ नागरिक दिवस ९० बर्ष माथिका जेष्ठ नागरिकहरुकाे सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयाेजना गरिएकाे थियाे ।

कार्यक्रममा बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ , एमाले नेता ठाकुर गजुरेल सहितका अतिथिहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा ९० वर्ष कटेका जेष्ठ एक दर्जन नागरिकलाई सम्मान गरिएको थियाे। कार्यक्रममा मेयर श्रेष्ठले जेष्ठ नागरिकको संरक्षणमा नगरपालिकाले सक्दाे सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको थियाे ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,नेपाली कांग्रेसका उपसभापति राजु थापा,प्रजातान्त्रिक विचार समाजका पूर्व अध्यक्ष शम्भु शर्मा ,गिता अमात्यलगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
