
काठमाडौं । नुवाकोटसहित रसुवा र धादिड. जिल्लामा यातायात सेवा प्रदान गर्दै आइरहेको नमस्ते पासाड.ल्हामु यातायात प्रालिको चौथो साधारणसभा सम्पन्न भएको छ । राजधानीको गोंगबुस्थित बिजी ब्याड्.केटमा सोमबार आयोजित साधारणसभामा कम्पनीका अध्यक्ष रामहरि श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै नुवाकोटसहितका धादिड. र रसुवाको विभिन्न ठाउँका जनतालाई सुरक्षित, आरामदायी र भरपर्दो सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाले आगामी दिनमा कम्पनीले स्थानीय जनताको भावना अनुसार विश्वसनिय ढंगबाट सेवा प्रवाह गर्दै जानुपर्ने भएकाले सोही अनुसार कम्पनीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले पेश गर्नुभएको वार्षिक प्रतिवेदनमा कम्पनीको आम्दानी खर्चका शीर्षकहरु पहिचान गरि कार्ययोजनाकासाथ बजेट बनाई कार्य गर्दै आएको, शुन्य अवस्थामा रहेको कोषमा १ करोड पचास लाख जम्मा भएको, सूचना प्रविधिको बढ्दो विकासलाई मध्यनजर राख्दै अनलाईन टिकेटको व्यवस्था मिलाएको, बसका काउन्टरहरुलाई व्यवस्थित गरेको लगायतका विषय उल्लेख गरिएको छ ।
यस्तै कम्पनीमा आवद्ध भएका सवारीसाधनको कागजात सम्पूर्ण रुपमा व्यवस्थित गराइएको, राजधानीमा रहेका काउन्टरहरुलाई महानगरपालिकाको सम्बन्धित वडामा दर्ता गरेर सञ्चालन गरिएको, सवारीसाधानहरु दुर्घटना हुँदा उपचारका लागि सहजताका लागि विभिन्न अस्पतालहरुसँग कार्यसम्झौता गरि काम अघि बढाएको, रसुवा जिल्लाका स्थानीय सरकारहरुसँग समन्वय गरेर भाडादर कायम गरिएको लगायतका उपलब्धिहरु उल्लेख गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले आगामी कार्ययोजनामा सम्पूर्ण व्यवसायीहरुका लागि एक लाखको स्वास्थ्य बिमाको व्यवस्था मिलाउने,सवारी दुर्घटनामा मानवीय क्षति र तेस्रो पक्ष दुर्घटना हुँदा कम्पनीले नै शतप्रतिशत क्षति व्यहोर्ने व्यवस्था मिलाउने, प्रथम पक्षको दुर्घटना हुँदा ५० प्रतिशत व्यहोर्ने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै व्यवसायीको हितका लागि कम्पनी अन्र्तरगत सञ्चालन हुनेगरि सहकारी सञ्चालन गर्ने, विद्युतिय माक्रोबस सञ्चालन गर्ने लगायतका प्रतिवद्धता जनाउनु भएको छ । अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रवन्ध सञ्चालक धनबहादुर गुरुड.(डि.बि),कम्पनीका पूर्व महासचिव रवि रिमाल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चालक ईश्वरलाल श्रेष्ठले गर्नुभएको थियो । उक्त कम्पनीमा झण्डै एक सय ७० वटा सवारीसाधान सञ्चालनमा रहेका छन् । कम्पनीले एसी,डिलक्स,सुपरबस र लोकस बस तथा माइक्रो सञ्चालन गर्दै आएको छ ।