
काठमाडौं ।बझाङ जिल्लामा हिजो गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नु भएको छ ।
सभापति देउवाले— युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गर्नु भएको छ ।
साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्नु भएको छ ।