
रियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड),तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् ।परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो ।
परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उहाले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने उल्लेख गर्नुभयो । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत उनले बताए । एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको भन्दै उहाले, ‘यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब पनि हो ।’
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहने उहाको भनाई थियो । आयोजना समयमै सम्पन्न गर्न पूर्ण क्षमताले काम गर्ने भन्दै उनले ठेक्का प्रक्रियामा आएको बढी मूल्यलाई एमसीए नेपालले समाधान गर्ने समेत बताउनुभयो ।एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीइओ एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको उल्लेख गरिन ।
नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ ।कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताउनुभयो । कार्यक्रममा परराष्ट् मन्त्री एनपी साउद,भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्यालासहितका सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।
२०२८ सम्म सम्पन्न गर्ने उत्तः परियोजनाले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास समेत लिइएको छ । आयोजना निर्माणसँगै १० हजार नागरिकले रोजगारी पाउने, कम्तिमा १सय ३० किलोमिटर सडकको दिगो मर्मत सम्भाव हुने, ६६ प्रतिशत नेपाली घरधुरी तथा व्इवसायलाई विद्यूतीय सेवामा भरपर्दो पहुँच उपलब्ध हुने लगायतका फाइदा प्राप्त हुने विश्वास समेत लिइएको छ । यसत्ै उक्त परियोजना अनुसार तीन ठूला सब स्टेशन रहने छ भने ४०० केभी प्रसारण लाइनको विस्तार हुनेछ । यसबाट खुई करोड ३० लाख नेपाली लाभान्वित हुने विश्वास गरिएको थियो ।