भारी वर्षाको जोखिमपछि नुवाकोटका निजी विद्यालय भोलि बन्द

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार १९:२६

नुवाकोट । मौसममा आएको प्रतिकूलता तथा असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नुवाकोटका निजी विद्यालयहरू भोलि असोज ९ गते बन्द हुने भएका छन्।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोट र विदुर नगर प्याब्सनको आज सम्पन्न भर्चुअल बैठकले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई ध्यानमा राख्दै एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।


विद्यालय पुनः सञ्चालन गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन असोज १० गते शनिबार दिउँसो ४ बजे पुनः भर्चुअल बैठक बस्ने निर्णय गरिएको छ।


बैठकमा सम्पूर्ण प्याब्सन सदस्य तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई अनिवार्य रूपमा सहभागी भई आवश्यक सुझाव दिन तथा निर्णय प्रक्रियामा सहयोग गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *