
काठमाडौं। आगामी असोज २२ गते सोमबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा आज शुक्रबार मन्त्रालयमा बसेको बैठकले आउँदो सोमबारदेखि अग्रिम टिकट खुलाउने निणर्य गरेको नेपाल यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमालले जानकारी दिनुभयो ।व्यवसायीहरुले विभिन्न १५ सुत्रियढ माग अघिसारेका थिए । व्यवसायीहरुले उठाएका मागलाई छठपछि छलफल गरेर निचोडमा पुग्ने सहमति पनि भएको रिमालले जानकारी दिनुभयो ।
व्यवसायी र सरकारबीच भाडादरका विषयमा सहमति नहुँदा दशैँका लागि अग्रिम टिकट खुलाउन व्यवसायीले आनकानी गर्दै आएका थिए । सरकारसँगको सहमतिपछि व्यवसायीहरुले यस वर्ष दशैँका लागि आवश्यक बसहरुको व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले सरकारसँग भएको सहमति अनुसार नै भाडादर कायम हुने र कसैँले बढि भाडा लिएमा कारबाही गर्ने प्रतिवद्धता पनि जनाएका छन् । व्यवसायीहरुले ६५ पेट्टोलियम पदार्थको मुल्य समायोजन अनुसार ३५ र वार्षिक रुपमा पर्ने अन्य विषयका आधारमा ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुने गरेको र सरकारले उक्त निण्यइ अनुसार चैत्र वैशाखमा समायोजन गर्नुपर्ने भएपनि त्यसलाई वेवास्ता गरेको भन्दै व्यवसायीले सो कुराको सम्बोधन हुनुपर्ने माग गरेका थिए । तर यस पटक दशैंमा भने तत्कालिन रुपमा स्वचाति मुल्य प्रणाली अनुसार कायम भएको भाडादर नै कायम गर्न व्यवसायीहरु सहमत भएका छन् ।
यसअघि हिजो बसेको पूर्वाधार विकास समितिले निजी विद्यालयका बसहरुको समेत प्रयोग गरेर दशैंका लागि यात्रुहरुलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर सरकारको उक्त निर्देशन व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले त्यसलाई भने अस्वीकार गरेका छन् । उपमहासचिव रिमालले भने काठमाडौंमा २०,देखि ३० किलोमिटर गुडेका गाडीले कसरी सयौं किलोमिटरमा चलाउन सकिन्छ,अर्कोतर्फ दुर्घटना भए त्यसको जिम्मेवारी कसल लिने, यो अवैज्ञानिक भयो भनेर हामीले त्यसलाई अस्वीकार गरेका हौं । दशैंका लागि राजधानीबाट करिब १५ लाख देखि १८ लाखसम्म नागरिकले राजधानी छाड्ने अनुमान गरिएको छ ।दैनिक करिब ४ सय गाडी बसपार्कबाट छुट्ने बताएका छन् ।