
विदुर । जिल्ला प्रहरी कार्यालयले तीन दुई जनालाई विभिन्न कसुरमा पक्राउ गरेको जनाएको छ । प्रहरीले जारी गरेको प्रेस नोट अनुसार असोज १८ गत साबिक बुङताङ गाविस ०६ हाल म्यागङ गाँउपालिका वडा नं. ०२ बस्ने ५८ वर्षीय सिङ बहादुर तामाङ र २५ वर्षीय साहिल तामाङले पहिले देखि घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक दुई थान सहित पक्राउ गरेको छ । भरुवा बन्दुक ममर्तका लागि लैजादै गरेको गरेको सुराकी पाए लगत्तै उनीहरुलाई पक्राउ गरिएको थियो । परेका दुवै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा सम्मानित नुवाकोट जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
यस्तै अर्को समाचार अनुसार बिदुर एक युवालाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरिएको छ । प्रहरीले जारी गरेको प्रेस नोट अनुसार नगरपालिका वडा नं. वडा नं ४ स्थित अस्थाई प्रहरी पोष्ट बिदुर नुवाकोट अगाडी चेकपोष्ट डिउटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। प्रहरी टोलीले सवारी साधन रोकी चेकजाँच तथा ईन्ट्री गर्ने क्रममा बट्टारबाट मैलुङ तर्फ जादै गरेको ना ८ ख ५३३३ नम्बरको टिफर गाडी चेकपोष्ट अगाडी रोकी ईन्ट्री गर्न आएका टिफर चालक जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष २७ वर्षीय राजेन्द्र अगस्तीले मादक पदार्थ सेवन गरी हल्लिदै आएकोले डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा निज चालक उल्टै एक्कासी आवेशमा आई मादक पदार्थ सेवन गरेको सुरमा प्रहरीलाई बिभिन्न खालको अपशब्दहरु बोली गालि गलौज गरी डिउटीमा बाधा अबरोध पु–याई सार्वजनिक स्थानमा अभद्र व्यबहार गरेकोले निजलाई तत्कालै नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको उल्लेख गरिएको छ ।