रसुवागढीबाट स्याफ्रुबेसीसम्म सडकको ट्र्याक सञ्चालनका लागि नेपालले माग्यो चीन सरकारसँग सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ९, शुक्रबार १७:१४

काठमाडौं । भदौं १० गते आएको भोटेकोशी बाढीले ध्यस्त बनाएके रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको सडकको ट्र्याक खोल्न सरकारले चीन सरकारकारसँग सहयोग मागेको छ। भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी नाका र त्यहाँसम्म पुग्ने सकड बगाएको थियो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेटवार्तामा बाढीका कारण बन्द रसुवागढी नाका तत्काल सञ्चालन गर्न स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको पुनर्निर्माणमा सहयोग आवश्यक रहेको बताएका हुन्।

उनले नेपालका अन्य उत्तरी नाका सञ्चालन तथा सीमा क्षेत्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा समेत सहयोग मागेका छन् । तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिएका थिए ।

काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ डीपीआर तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने काम अघि बढाइएको बताए। यसमा पनि चीनको सहयोग र समन्वयका लागि आग्रह गरिएको मन्त्री लम्सालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।


भेटमा रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, स्थानीय नागरिकको सहज आवतजावत तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत वाङले चीन नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताए। उनले रसुवागढी नाकाको पुनर्निर्माण र सञ्चालनका लागि दीर्घकालीन तथा प्रभावकारी पूर्वाधार निर्माणमा विशेष अध्ययन आवश्यक रहेको बताए।

कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सकारात्मक रहेको बताउँदै वाङले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी नेपालबाट विशेष प्रस्ताव आए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *