कांग्रेस नुवाकोट संगठन विभागद्वारा ‘मार्गनिर्देश’ सार्वजनिक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १०, शनिबार ११:२६

काठमाडौँ । नेपाली कांग्रेस नुवाकोट संगठन विभागले पार्टीका गतिविधि तथा संगठनसम्बन्धी जानकारी समेटिएको ‘मार्गनिर्देश’ सार्वजनिक गरेको छ।

शनिबार कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै निवासबाट ‘मार्गनिर्देश’ सार्वजनिक गर्नुभएको हो। संगठन विभागले पार्टीका गतिविधि तथा कार्यक्रमबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले प्रकाशन गर्दै आएको जिल्ला सचिव तथा संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले जानकारी दिनुभयो।

नुवाकोटमा पछिल्लो समय आएको विपत्तिका कारण यसपटक ‘मार्गनिर्देशन’ सानो आकारमा प्रकाशन गरिएको संगठन विभागले जनाएको छ।

प्रकाशन सार्वजनिक गर्दै डा. महतले पार्टीका गतिविधि तथा संगठनका कामलाई प्रकाशनमार्फत जनतासमक्ष पुर्‍याउने प्रयास सकारात्मक रहेको बताउनुभयो। उहाँले पार्टीका गतिविधिबारे नागरिकलाई जानकारी गराउन यस्ता प्रकाशनले सहयोग पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *