
काठमाडौं । नेपाली कांग्रेसले मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करीब एक दर्जन नेपाली घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस सभापति देशबहादुर देउवाले नेपाली कांग्रेसका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्दै गहिरो चिन्ता गर्नुभएको छ । देउवाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।
कांग्रेसले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन आइओएम, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग स्वदेश फर्कने वातावरण बनाउन अपिल गरेको छ । साथै अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नु हुन समेत गरिएको छ ।