|
२०८३ आश्विन १६, शुक्रबार १६:१२
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकले विधानअनुसार विभिन्न जिल्लाबाट २० जना तथा पार्टीमा समायोजन भएका समूहबाट १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। मनोनीत सदस्यहरूमा पूर्वमन्त्री, पूर्वसांसद तथा विभिन्न जिल्लाका नेताहरू रहेका छन्।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यसमेत चयन गरेको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्