
काठमाडौं । राजधानीमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंक इन्टरनेशनलको १७ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थापक शेयरधनी संस्थापक ,क,का तर्फबाट प्रतिनिधिच्व गर्ने सञ्चालक तीन जना र समूह,ख, का सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना गरि चार जना नयाँ सञ्चालक चन गरिएको छ ।
नयाँ शेयर सदस्य चयन गरिएको छ । यस्तै गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित भएको छ । प्रस्ताव पारित भएसँगै लगानीकर्ताले दसैंअघि नै नगद लाभांश पाउने बताइएको छ ।
नगद लाभांशमा बैंकको ८२ करोड २१ लाख रुपैयाँ बाहिरिने छ। बैंकले मर्जरलाई विशेष प्रस्तावका रुपमा राखेको छ। बैंकले मर्जर तथा प्राप्तिका लागि बाटो पनि खुला राख्दै यस सम्बन्धिसम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।