
जिलिङ । बेलकाेटगढी नगरपालिकाका उपमेयर एवम् नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव शिव दाहालले आफ्ना स्वर्गीय पिता नेत्र प्रसाद दाहालकाे स्मृतिमा अक्षयकाेष स्थापननका लागि आफ्नो गाउँमा रहेकाे श्री कल्याणी देबी माध्यमिक बिधालयलाई ५० हजार सहयाेग गर्नुभएको ।
विद्यालयद्वारा आज शुक्रबार आयाेजित दशैँ तिहारकाे विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितिकाे रुपमा सहभागी हुँदै उपप्रमुख दाहालले साे अवसरमा ५० हजारौंको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
उक्त रकम स्वर्गीय पिता नेत्र प्रसाद दाहालकाे नाममा अक्षयकाेष रहने गरि ,जुनियर रेडक्रस सर्कल कल्याणी देबी माविकाे नाममा हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष लगायतका व्यक्तित्व हरुकाे उपस्थिति रहेकाे विद्यालयले जनाएको छ ।दाहालले आफूले अध्ययन गरेकाे विद्यालयका लागि सहयाेग गर्नुभएको हाे।
उपमेयर दाहालले यसअघि आफ्ना पिताको स्मृतिमा देबीघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई पनि ५० हजार सहयाेग गर्नुभएको थियाे । आजकाे कार्यक्रममा प्रमुख अतिथि उपमेयर दाहालले रेडक्रस जस्तो पवित्र संस्थालाई मानविय कार्यका लागि केही सहज हाेस् भनेर सहयाेग गरेकाे बताउनु भयाे । दाहालकाे उम्त सहयाेगप्रति विद्यालय र जुनियर रेडक्रसमा सहभागी विद्यार्थीले धन्यवाद दिएका छन् ।यसअघि विद्यालयमा शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएको थियाे।