
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई माओवादीकरण र एमालेकरण दुवैबाट जोगाउने बताउनु भएको छ । कांग्रेसको गोरखाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आसन्न महासमिति बैठकबाट कुनै पनि दलसँग चुनावी गठबन्धन गर्दैन भनेर निर्णय गरिने समेत बताउनुभयो ।
उहाले जनताले पनि कांग्रेस, कांग्रेसजस्तो होस् भन्ने चाहेको महामन्त्री बताउँदै महामन्त्री थापाले कांग्ैसलाई दुवैबाट जोगाएर लैजाने प्रतिवद्धता समेत जनाउनुभयो । उहाले कांग्रेसको माओवादीकरण नहोस् भन्दै गर्दा प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण पनि नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् भन्नेमा आफूहरु सजग भएको बताउनुभयो । कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा कहिले काँही त राप्रपाले पनि खेलाइदिने’ यसलाई सच्याउन जरुरी रहेको महामन्त्री थापाको भनाई थियो ।