काठमाडौं, । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको छ ।
मुख्यमन्त्रीका लागि ४७/४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो । सनाखत भोलि शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ
काेशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन् । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाउनुभएको हो ।