
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला ।
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबिच आज कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ । सो छलफलमा कांग्रेस नेता कोइराले लिखित रुपमा नै प्रतिवद्धता व्यक्त गरेपछि कोशी प्रदेशको अन्योलता समेत हटेको छ ।
छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रष्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिबद्धता व्यक्त गरिएको छ । सो प्रतिवद्धतासँगै नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि पेश गरिएको हस्ताक्ष्रलाई लिएर शसरिर प्रदेश सदस्यहरु उपस्थित भएका थिए ।