
सुपथ मुल्य सञ्चालनको अवसरमा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठसहित महासंघका प्रतिनिधिहरु
विदुर । नेपालीहरुको महान चाड बडा दशैँ लगायतका पर्वहरुलाई मध्यनजर राख्दै नुवाकोटमा पनि सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । नुवाकोट उद्योग बाणिव्ज्य संघको पहलमा साल्ट् टे्निड.माफत् सहुलियत पसल सञ्चालनमा आएको छ । विदुर नगरपालिका ४ बट्टार बजारमा सहुलियत पसल सञ्चालन भएको नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोश उप्रेतीले नुवाकोट पुकारलाई जानकारी दिए ।

सहुलियत पसलमा मजार मुल्य भन्दा केही कम मुल्यमा सामान बिक्री सुरु गरिएको छ । सहुलियत पसलमा चिउरा प्रतिकेजी सात रुपयाँ,आटा प्रतिकेजी सात ,नुन प्रति प्याकेट दुई,दाल प्रति केजी सात,चिनी प्रतिकेजी ९७ मा उपलब्ध गराइने भएको छ । हाललाई बाघ बच्छला किराना स्टोर विदुर चार बट्टारमामा सोसेवा उपलब्ध रहेको छ भने ढुंगेमा पनि पसल सञ्चालन गर्ने तयारी भएको महासंघका सचिव महासचिव दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
चिउरा प्रति केजि रु ७ सहुलियत
मैदा प्रती केजि रु ७ सहुलियत
आटा प्रती केजि रु ७ सहुलियत
नुन प्रती प्याकेट रु २ सहुलियत
दाल प्रतिकेजी रु ७ सहुलियत
चिनी प्रतिजेजी रु १३० बाट रु ९७ मा ।
पाइने स्थान : बाघ बच्छला किराना स्टोर, बिदुर ४ हावाघर ।।
सो अवसरमा महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले चाडबाडका बेला थोरै भने पनि राहत दिनका लागि साल्ट ट्ेडिड.सँगको सहकार्यमा पसल सञ्चालन गरिएको बताउनुभयो ।उहाले सबैलार्य हुलियतमा आफूलाई चाहिने सामान सुपथ मुल्यमा लिन पनि आग्रह गर्नुभएको थियो । राजधानी केन्द्रीत सहुलियत पसल सञ्चालन भएको गुनासो आइरहेका बेला जिल्लामा पनि खेलिएको यता पसलले केही राहत दिने देखिन्छ । तर यसलाई अझ तल्लो तहसम्म लैजानुपर्ने आवश्यकता रहेको छ ।