
विदुर । नेपाली कांग्रेस नुवाकोटले बडा दशँै, दिपावली, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय विदुरमा आज शनिबार आयोजित चियापान कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा ,नेकपा माओवादीका नेता तथा प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद हितबहादुर तामाड., नेकपा एमालेका अध्यक्ष बद्री मैनाली, माओवादीका नेता हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम ठकुरीसहितका नेताहरुको उपस्थिति रहेको थियो ।
विगतमा पार्टीका नेता कार्यकर्ताहरुलाई जम्मा गरेर आयोजना गर्दै आएको कांग्रेसले यस पटक भने अन्य दलका नेताहरुलाई समेत निमन्त्रण गरेर राजनीतिकदलभित्रको आपसी एकता र सहकार्यको यात्रा सुरु गरेको छ । पुराना दलहरुप्रति आम जनताको विश्वास हराउँदे गरहेका बेला चियापान कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताल लोकतन्त्रलाई संस्थागत रुपमा विकास गर्नका लागि राजनीतिक दलहरुबीच आपसी एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले नेपालीहरुमो महत्वपूर्ण चाडको रुपमा रहेको बडा दशँका अवसरमा शुभकामना सासाट गर्ने अवसर प्रदान गरेकोमा जिल्ला कार्यसमितिलाई धन्यवाद दिँदै आसपी एकता र भाइराजाबाट नै मुलुकलाई बलियो बाउन सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा माओवादी नेता तथा सांसद हितबहादुर तमाड.ले कांग्रेसले राजनीतिक दलहरुबीच आपसी एकतार सद्भावको खाँचो रहेको महसुस गरेर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष बद्री मौलीले लोकतन्त्रलाई बलियो बनाउन दलहरुबीच आपसी एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो । जिल्ला सभपाति रमेश महतको सभापतितवमा भएको कार्यक्रममा अतिथिहरुलाई सभापति महत उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, बैकुण्ठ मिश्र लगायतका पदाधिकारीले अतिथिहरुलाई स्वागत गरेका थिए । चियापान कार्यक्रममा कांग्रेस नेताा कार्यकर्ताको उपस्थिति रहेको थियो ।