
विदुर । नेपाल रेडक्रस जिल्ला शाखा नुवाकोट र तिलगङाआँखा प्रतिस्ठननद्वारा सन्चालित जिल्ला सामुदायिक आँखा केन्द्नको आफ्नै भवन बन्ने भएको छ । दुई करोड छबीस लाख लागत मा निर्माण हुन लागेको उक्त सुबिधा सम्पन्न भबन १३ महिनामा सकिने श्री गोरखकाली निर्माण कम्पनीले जनाएको छ ।
उक्त भवनको आज एक कार्यक्रममाबीच नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका अध्यक्ष हरि श्रेष्ठले शिलान्यास गर्नुभएको थियो । तिलगङा आँखा प्रतिस्ठानको सहयोगमा निर्माण सम्पन्न भएसँगै आँखाका बिरामीहरुले सहज रुपमा सेवा पाउन सक्ने छन् । नुवाकोट जिल्लामा सहुलियत रुपमा सेवा प्रवाह गर्दै आएको सामुदायिक आँखा केन्द्रका कारण आँखाको उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हटेको छ ।