
काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन थप विवादमा परेको छ । एनआरएनको ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव अन्य उम्मेदवारहरुले मत परिणाम नै बहिस्कार गरेका छन् । काठमाडौं प्रत्यक्ष उपलब्ध भएका प्रतिनिधि बाहेक अन्यले भने अनलाइनबाट मतदान गरेका थिए ।
अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणामस्वीकार्य नभएको भन्दै बहिस्कार गरेका हुन । सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नुभएको थियो ।
निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । यो परिणामसँगै संघमा भाडभैलो उत्पन्न भएको छ । यसअघि रविना थापाले महेश श्रेष्ठलाई समर्थन गरेकी थिइन । एनआ।एनको महाधिवेशन लगायतका पछिल्लो गतिविधिलाई लिएर पनि चर्को आलोचना भैरहेको छ ।