फाइल तस्बिर
विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना सन्देश दिनुभएको छ ।सभापति देउवाले आज शुभकामना सन्देश दिनुहुदैँ दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व उल्लेख गर्नुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले विज्ञप्तिमा भन्नुभएको छ,। अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ । बडा दशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनु पर्दछ ।
बडा दशैंको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।
बडा दशैं २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।
दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।