
विदुर । नेपाली कांग्रेसका नेता अजूृननरसिंह केसी परिवारले कात्तिक १७ गते आफ्नो नीजि निवास विदुर चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको यसोदादेवी भग्वाननरसिंह केसी मेरोरियल ट्रष्टको तर्फबाट दशैं–तिहार–छठ तथा लोछार पर्वहरूको शुभकामनार्थ कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ ।
कार्तिक १७ गते नुवाकोट विदुरस्थित केसी निवासमा आयोजना हुने चियापान कार्यक्रमका साथै देशभर महामारीको रुपमा फैलिएको डेङ्गु उपचारार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसी र महासचिव जगदीश्वरनरसिंह केसीका नाममा प्राप्त निमन्त्रण कार्डमा उल्लेख गरिएको छ । गत वर्षपनि केसी परिवारले विदुरमा चियापान कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमका लागि विभिन्न संघ संस्था व्यक्ति तथा राजनीतिक नेता कार्यकर्ता गरि तीन हजारलाई निमन्त्रण गरिएको बताइएको छ ।