विद्यार्थी राजनीतिबाट उदाएका लामा दोस्रो पटक सहमहामन्त्री, नुवाकोटका नेताहरूको राजनीतिक वृत्तबाट राष्ट्रिय नेतृत्वमा स्थापित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त्रीमा निर्वाचित भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजय हासिल गरेका हुन्।
विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री बनेका लामा पुनः सोही पदमा निर्वाचित भएसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान कायम राख्न सफल भएका छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय लामा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएका छन्। नुवाकोटका प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत र डा. प्रकाशशरण महतको राजनीतिक वृत्तमा रहेर काम गरेका उनी अहिले पार्टीको केन्द्रीय सहमहामन्त्री बन्न सफल भएका हुन्।
बागमती प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका लामाको यो विजयलाई प्रदेश राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएको निरन्तरताका रूपमा हेरिएको छ।
यसैबीच, कांग्रेसको आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ आठ जना निर्वाचित भएका छन्। निर्वाचितमध्ये गीत गुरुङले २ हजार ८५९ र डा. गंगालक्ष्मी अवालले २ हजार ७६८ मत प्राप्त गरेका छन्।
त्यस्तै, आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ जना निर्वाचित भएका छन्। तीर्थ लामाले ४ हजार ४२५ मत प्राप्त गरेका छन् भने इन्जिनियर अनुप श्रेष्ठले २ हजार ५५१ मत पाएका छन्।
कांग्रेसको जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्