
कोल्पुटार । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा आयोजित प्रथम नुवाकोट महोत्सवमा आज राष्ट्यि कलाकारहरुको प्रस्तुती रहने भएको छ । आयोजक बेलकोटगढी वडा नं ५ का वडा अध्यक्ष मदन भूजेलका अनुसार आजको कार्यक्रममा कलाकारहरु प्रिती आलेसहितका राष्ट्यि कलाकारहरुको उपस्थितिमा विभिन्न सांस्कृति कार्यक्रमको आयोजना हुनेछ ।
यस्तै स्थानीय कलाकाहरुको पनि प्रस्तुती रहने बताइएको छ । हाम्रो पौरख,बेलकोटगढीको गौरब हाम्रो कामना,समृद्ध बेलकोटगढि सबैको चाहना भन्ने मुल नाराकासाथ प्रथम बेलकोटगढी महोत्सव २०८० कात्तिक १५ गते प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गर्नुभएको थियो ।
। जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको बेलकोटगढीले आयाजना गर्न लागेको यो पहिलो महोत्सव हो । कृषि क्षेत्र, स्वास्थ्य, शिक्षा र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको र स्थानीय उत्पादन ,बेल्कोटगढीको ,चमेरे गुफा ,चिम्टेश्वर,बैघ वन लगायतका पर्यटकीय क्षेत्रहरुको प्रबर्द्धन गर्न सहयोग पुग्ने विश्वासगरिएको छ । महोत्सवका विभिन्न प्रकारका सामाग्रीहित ११५ वटा स्टल राखिएको छ भने दैनिक रुपमा कलाकाहरुले प्रस्तुती दिँदै आएको छन् महोत्सवको समापन कात्तिक २५ गते गरिने जनाइएको छ ।