
कविता
अन्याय र अत्याचारले यहाँ जरा गाडिसके आफ्नै संस्कृति र भाषा प्रयोग गर्ने छाडिसको
देशको अस्तित्व नै मारे टुक्रा टुक्रा बनाएर एकताको भाव छैन एकआपसमा भिडीसके
मानवता हराइसक्यो पैसा चल्छ जताततै, गरिबहरु हरेक ठाँउमा अवसरबाट टाढिसके
प्रकृतिको धनी नेपाल मरुभूमि बनाएर
डलर गन्ने सपनामा वन जंगल फाडिसके
संरक्षण र सम्वर्धनको भाषण छाट्दै एकातिर मातृभूमि नङ्ग्याएर अब छाला काटिसके ।।।
स्वर्णिम सुबेदी
बेलकोटगढी ६: नुवाकोट