
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पछिल्लो समय फार अपराधीहरुको खोजी कार्यलाई तिब्रता दिएको छ । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका प्रहरी उपरीक्षक संजयसिंह थापाले चलाउनु भएको फरार अपराधी खोजतलाश तथा पक्राउ अभियान अन्तर्गत २०८० असोज महीनादेखो हाल सम्म विभिन्न अपराधमा संलग्न १४ जना फरार व्यक्तिलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यक्रलयले आज एक प्रेस नोट जारी गर्दै उक्र जानकारी गराएको हो । । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायक उपरिक्षक तथा सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार यस क्रममा पक्राउ परेकाहरुबाट २३बर्ष, ०८ महीना, ०१ दिन कैद सजाय र रु सातलाख बत्तीस हजार छ सय पचहत्तर रुपैया ९७,३२,६७५।(० असुल उपर हुनेभएको छ ।
विधिको शासन र कानुनी सर्वोच्चतालाई कायम राख्न तथा दण्डहीनतालाई अन्त्य गरी शान्तिसुरक्षा मजबुत बनाई नागरिकको सुरक्षित तवरले बांच्ने हकलाई कायम राख्न नुवाकोट जिल्लामा विभिन्न समयमा अपराध गरि अदालतबाट समेत अपराधी घोषित भै फरार रहेको निम्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि सम्मानित अदालतमा बुझाइएको पनि कार्यालयले जनाएको छ । साथै अगामी दिनहरुमा समेत अपराधमा संलग्न फरार व्यक्तिको खोजतलाश तथा पक्राउ कार्य जारी नै रहनेछ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।