|
२०८३ कार्तिक ९, सोमबार २०:४१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स विजयी सुरुवात गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै लुम्बिनीले विजयी सुरुवात गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
लुम्बिनीका डार्सी सर्टले १८ बलमा ४० र आशिफ शेखले २५ बलमा ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रन बनाएर अलआउट भएको थियो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्