सागर न्यौपानेको नेतृत्वमा बेलकोटगढी कांग्रेसकाे नियमित महाधिवेशन पक्षको नगर कार्यसमिति चयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ११, बुधबार २३:३१


नुवाकोट । नेपाली कांग्रेसको इतर पक्षको बेलकोटगढी नगर अधिवेशन बाजागाजासहित भव्य रूपमा सम्पन्न भएको छ। बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना मन्दिर प्रांगणमा सम्पन्न अधिवेशनले सागर न्यौपानेको नेतृत्वमा नगर कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट सभापतिमा सागर न्यौपाने चयन भएका छन्। त्यस्तै उपसभापतिमा रामचन्द्र राना मगर र राजेन्द्र प्रसाद अधिकारी, सचिवमा दिपकराज डोटेल र राजनप्रसाद न्यौपाने तथा सह–सचिवमा शुक बहादुर तामाङ र राम बहादुर तामाङ चयन भएका छन्।


नगर कार्यसमितिका सदस्यहरूमा प्रिजा तामाङ , चन्द्र बहादुर भुजेल ,डिल बहादुर तामाङ ,साधुराम भट्ट, महेन्द्र तामाङ , अर्जुन मुडबरी,, लक्ष्मी गुरुङ,राजन तामाङ ,राजु दाहाल ,, सिर्जना नेपाली ,काजीबाबु तामाङ ,श्याम घिमिरे ,आशिष लामा,नानीमैया तामाङ सदस्यमा निर्वाचित भएका छन् ।


अधिवेशनमा केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथि धुर्व अधिकारी सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले आफूहरूले गरेको अधिवेशन नै कांग्रेसको वैधानिक अधिवेशन भएको दाबी गरे। उनले वैधानिकता आफूहरूले नै पाउने दाबी गर्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे।


कार्यक्रममा बागमती प्रदेश सदस्य बद्रीप्रसाद मुडबरी, क्षेत्र नं. २ ‘क’ का प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डे, युवा नेता जयराम दाहाल जिल्ला सदस्य अर्जुनकुमार नेपाल, कांग्रेस बेलकोटगढीका पूर्व नगर सभापति गोकुल दाहाल, कांग्रेस युवा नेता शुकदेव दाहाल, पूर्ण गजुरेल, महिला नेतृ हिरा तिवारीलगायतले मन्तव्य राखेका थिए।


क्षेत्रीय प्रतिनिधिहरुकाे उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनमा सहभागीहरूले पार्टीको संगठन सुदृढीकरण, वैधानिक अधिवेशन र नेतृत्व चयनका विषयमा धारणा राखेका थिए।


कांग्रेसको आन्तरिक विवादका बीच सम्पन्न इतर पक्षको बेलकोटगढी नगर अधिवेशनले संस्थापन पक्षलाई कडा चुनौती दिएको कांग्रेसका शुभेच्छुक तथा स्थानीय कार्यकर्ताहरूको भनाइ छ। उनीहरूले नगर तहमा इतर पक्षको संगठनात्मक उपस्थिति बलियो देखिएको दाबी गरेका छन्।


यसैबीच, देउवा पक्षले भोलि क्षेत्रीय तथा प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसभित्र दुई पक्षबीच समानान्तर रूपमा भइरहेका अधिवेशनका कारण नुवाकोटमा पार्टीको आन्तरिक प्रतिस्पर्धा थप पेचिलो बन्दै गएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *