काठमाडौँ । राजधानीमा केन्द्रीय कार्यालय रहेको ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त हुनुभएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ढकाल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहँदै आउनु भएको थियो ।
ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरिएको जनाइएको छ । नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका भूमिकामा रहिसक्नु भएका ढकाल उक्त बैंकसँगै मर्जर भएर बनेको ज्योति बिकास बैंकमा पुन ः फर्कन भएको छ । ढकालले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिकामा रहेर काम समेत गरिसक्नु भएको छ ।