
विदुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार अनुसार नेपाली कांग्रेस बेलकोटगढी नगर सम्मेलन मंसिर ९ गते शनिबार गर्ने तयारी गरिएको छ । कांग्रेस नगर इकाई सभापति लेखनाथ मुडवरीका अनुसार मंसिर ९ गते शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्मेलनको आयोजना गर्न लागिको हो । अपराह्रन १२ बजे पार्टीको कार्यालय बाघाखोरमा सम्मेलनको औपचारिक उद्घाटन गरिने बताइएको छ ।
सम्मेलनका लागि पार्टीका क्षेत्रीय प्रतिनिधिदेखि नगरपालिकाभित्रका महासमिति सदस्य तथा महधिवेशन प्रतिनिधिहरुलाई समेत उपस्थितिका लागि निमन्त्रण गरिएको सभापति मुडवरीले जानकारी दिनुभयो । कांग्रेसले पार्टी संगठनलाई बलियो बनाउने र जनतासम्म लैजानका लागि स्थानीय तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो । सो अनुसार नगरपालिकाभित्रका वडा सम्मेलन भने सम्पन्न भैसकेका छन् । बेलकोटगढीमा १३ वटा वडा रहेका छन् । स्थानीय तहमा कांग्रेसले उपमेयरसहति ७ वटा वडामा जित हासिल गरेको छ ।