विदुर । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा युवाहरुको टोली जाजरकोट भुकम्प प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जाजरकोट पुगेको छ । टोलीले पहिलो चरणमा जाजरकोटको नलगाड नगरपालिका ५ रघुनाथ मा अस्थाइ घर टहरा निर्माण गरिरहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार पौडेल नेतृत्वको टोली जाजरकोट पुगेर टहरा निर्माणमा सक्रिय भएको तस्बिर सार्वजनिक भएको छ । पौडेल नेतृत्वको टोलीमा माननीय डिल्लीराम सुबेदी , पुर्ब मेयर ई दिपक बाबु कंडेल , मेयर पूर्ण आचार्य , महासमिति सदस्य सुशील भट्ट , तरुण दल केन्द्रिय सदस्य भागवत रेग्मी , पुष्प बस्नेत लगायत नेविसंघ केन्द्रिय सदस्य हरु नवराज डागी ,सुबास घिमिरे , जेम्स सिह राइ , मनोज पुरी , साजन योन्जन , जीवन सुबेदी ,बिजेन केसी लगायत नेपाली कांग्रेसका नेताहरु जाजरकोट पुगेका छन् ।

भुकम्प प्रभावितहरुको व्यवस्थापनका लागि क्रिया रहादै आएको कांग्रेसको टोलील जाजरकोटमा एक सय अस्थायी घर बनाउने तयारी गरेको टोलीका सदस्य सुशील भट्टले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको स्थलगत अध्ययनमा आधारित रहेर पार्टीले गरेको निर्णय लाइ कार्यन्वयन गर्ने प्रथम चरणको नेतृत्व प्रदिप पौडेलले गरेका छन् । महामन्त्रीद्वयको अनुभब र रिपोर्टिड.्का आधारमा टोली परिचालित भएको कांग्रेसले जनाएको छ । प्रदिप पौडेल सहितको टोलिले न्यानो कपडा वितरण , प्राबिधिक र दक्ष कामदार सहितको टोलि र स्वयं सेवा मार्फत १०० घर निर्माण र बिकसित परिस्थितिको स्थलगतअध्ययनरसहित दुई हप्तापछि राजधानी फर्कने छ ।

पश्चिम रुकुम र जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परि १ सय ५३ जनाको मृत्यु भएको छ भने झण्डै ३० हजार घरहरु प्रभावित भएका छन् । सरकारले भुकम्प प्रभावितका लागि घर निर्माणका लागि पहिलो किस्ता पठाएको छ । तर अस्थायी घरको अभावमा सुत्केरी तथा बालकबालिका जेष्ठ नागरिक भने चिसो मौसमा पनि पालमुनि रात काट्न बाध्य छन् । सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुले रातका लागि भन्दै जाजरकोट पुगेपनि पीडितको दैनिकी अझै सहज हुन सकिरेको छैन . नेपाली कांग्रेसको पार्टी निती अनुसार पौडेल टोलीको सो सक्रियताप्रति समाजिक सञ्जालदेखि आम मानिसहरुले प्रशंसा गरिरहेका छन् ।
कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा निर्माण विज्ञसहितको टोली खटाउने
यसैबीच नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १०–१० जनाको टोली १३ समूहमा पठाउने भएको छ ।
कांग्रेस महामन्त्री मङ्गलबार गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले जाजरको र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा निर्माण विज्ञ, दक्ष मिस्त्री र सात जना स्वयंसेवकसहित टोली पठाउन लागेको हो ।
महामन्त्री थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू एवम् भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरी भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्याउने उद्देश्यले श्रमदान गर्न यथाशीघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको बताउनुभयो । उक्त समूहहरूले एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ ।
