८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको भन्दै नेपालमा व्यवहारिक रुपमा पनि राजसंस्था पुनस्थापना हुन असम्भव भएको बताए ।तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र रु त्यो त मूर्खता हो ।
नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’उहाले राणाहरुले शरु कलेज स्थापनादेखि सतीप्रथाको अन्त्य गराएको भन्दै राजाहरुले यति लामो समय शासन सञ्चालन गर्दा जनतालार्य दुःख दिने काम मात्रै गरेको आरोप लगाए । युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ एमाले अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’ अध्यक्ष ओलीले युवासंघलाई अनुशासित रुपमा अघि बढ्न निर्देशन दिँदै आइलाग्नेमाथि भने जाइलाग्नुपर्ने सुझाव पनि दिएका थिए । कार्यक्रममा युवा सयोजक महेश बस्नेतले राजावादीहरुले नेपाललार्य श्रीलंका बनाउने भन्दै गरेको टिप्प्णीप्रति चेतानी दिँदै एमाले त्यसका नेताहरुले छोएर देखाउन पनि चतावी दिएका थिए । उनले युवासंघको कार्यक्रममा दुर्गा प्रसाइहरु जस्ता अतिवादीहरु समाप्त भएको समेत दावी गरेका थिए ।