
शुकदेव दाहाल
काठाडौं । नेपाल अधिराज्यको संविधान २०७२ ले व्यवस्था गरेको लोकतान्त्रि गणतन्त्रका विरुद्ध राजासहितको हिन्दु राज्यको पक्षमा आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन आज तेस्रो दिनमा आइपुग्दा कमजोर बन्दै गएको छ ।
पहिलो दिन राजधानीको बल्खुमा निकै आक्रामक रुपमा आन्दोलन गरेकोे उक्त समूहले हिजो राजधानीको तीनकुनेमा कार्यक्रम आयोजना गरेको थियो । तर काठमाडौं जिल्ला प्रशासनले उक्त समूहले सो स्थानमा कार्यक्रम गर्नका लागि अनुमति नलिएको भन्दै कार्यक्रम गर्न अवरोध सिर्जना गरेपछि हिजोको कार्यक्रम पनि खसै प्रभावित हुन सकेन । प्रसाईलाई प्रशासनले घरमा नै निगरानी बढाएको थियो । उनी घरबाट बाहिर निस्कन नपाएपछि उनी समर्थकहरु उनकै खरमा पुगेर आन्दोलन गरेका थिए । आज तेस्रो दिन भने प्रशासनको अनुमतिमा उक्त समूहले गौशालास्थित जयबागेश्वरी पछाडीको सिफल चौरमा कार्यक्रको आयोजना गरेका छन् । कार्यक्रममा प्रसाईले सम्बोधन गरेका थिए ।

उनले राजतन्त्र ल्याउनका लागि जनविद्रोह सुरु भएको र यसले परिणाम ल्याउने दावी गरेका थिए । राजा ल्याउने भन्दै आन्दोलन गरेका प्रसाई समर्थकहरुले न त सहि रुपमा नेतृत्व पाएका छन् भने न त एजेण्डा नै स्पष्ट रुपमा उठाउन सकेका छन् । जसका कारण आन्दोलमा आएकाहरु नै अलमलमा परेका छन् । कतिपय लघुवित्तका पीडितहरुले ऋण मिनाहा हुने भन्दै आदोलनमा आएको बताइरहेका छन् ।
राजधानीमा रहेका र विगतमा राजनीतिक दलमा रहेर फाइदा लिएकाहरु नै राजा चाहिन्छ भन्दै आन्दोलनको अग्रभागमा देखिएको भएपनि आन्दोलनलाई नेतृत्व गरेर अघि बढाउन सक्ने अनुहार देखिएको छैन । सामाजिक सञ्जाल र युटुबमा ठुला र चर्को स्वरमा बोलिरहेकाहरु पनि यतिखेर मलिन अनुहार लिएर आन्दोलनको पछाडि देखिएका छन् । लाखौं जनता उतारेर गणतन्त्र ढाल्नै भन्दै आन्दोलनमा होमिएको उक्त समूहको आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा आफै सिथिल बन्दै गएपछि प्रसाइँ आफै पनि अलमलमा परेको देखिन्छ ।
उनका अभिव्यक्तिमा कुनै दम भरिएको छैन । उनको अनुहार र अभिव्यक्तिलाई नजिकबाट हेर्ने हो भने स्वयम् आफै पनि आफूले नेतृत्व गरेको आन्दोलन अलपत्र पर्ने अवस्थामा पुगेको आभास दिलाइरहेका छन् । राजनीतिक दलका नेताहरुलाई गाली गर्ने र ऋण मिनाहा गराउने उनको एजेण्डा मात्रै छ । यस्ता एजेण्डाले लाखौं जनताले लडेको ल्याएको व्यवस्था परिवर्तन हुने सम्भावन नदेख्दै उनका कट्टर समर्थकहरु पनि विस्तारै पाखा लाग्दै गएको देखिन्छ ।
राजनीतिक दलहरुलाई गाली गरेर भएपनि केही युटुबहरुबाट समर्थन लिएर चर्चामा आएका प्रसाइले राजतन्त्र ल्याउने कुरालाई स्वयम् पूर्व राजा ज्ञानेन्द्रले पनि विश्वास गर्न सकेको देखिदैन । त्यतिमात्रै होइन हिजो राजावादी भन्नेहरु समेत प्रसार्ईको आन्दोलनप्रति विश्वस्त हुन सकिरहेका छैनन् । उनको आन्दोलनमा न त युवा, न त विद्यार्थी,न त नागरिक समाज, बौद्धिक जगत, कर्मचारी,सामाजिक संघ संस्था कसैले पनि नैतिक समर्थन जनाएको दैखिदैन ।
माओवादी जनयुद्ध र जनआन्दोलन २०६२।०६३ को बलमा आएको यो व्यवस्थालाईउल्टाउने कुरा त्यति सहज पककै छैन । लोकतान्त्रिक व्यवस्था विश्वका लागि नै एक उत्कृष्ट व्यवस्था हो । व्यवस्था खराब होयन तर यसका चालकहरुको कमजोरीका कारण आज व्यवस्थाप्रति वितिष्णा बढेको छ । यसलाई सच्याउने भने आवधिक निर्वाचनमार्फत हो भन्ने कुरामा आम जनता विश्वस्त छन् । जसले गर्दा पनि आन्दोलनप्रति जनतामा उत्साह देखिएको छैन । आम रुपमा नागरिकमा दल र तिनका नेताहरुप्रति असन्तुष्टि हुँदाहुँदै पनि व्यवस्थाका विरुद्ध भने जनता अग्रसर भएको देखिएन । जसका कारण पनि उनको आन्दोलनले थप उचाइ लिने सम्भावना भने क्रमश ः टर्दै गएको छ ।