
नेपाली कांग्रेस प्रथम बेलकोटगढी नगरसम्मेलको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी,तस्बिरः नुवाकोट पुकार डटकम
बाघाखोर । नेपाली कांग्रेस बेलकोटगढी नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस बेलकोटगढी नगर इकाई समितिले शनिबार बाघाखोरमा आयोजना गरेरको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले उदघाटन गनुर््भएको थियो ।
नगर सभापति लेखनाथ मुडबरीको सभापतित्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य बद्री मुडबरी, नेपाली कांग्रेसका उपसभापति राजु थापा,पूर्व जिल्ला सचिव तथा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहाल, नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव नेपाल ,नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, पूर्व महासमिति सदस्य प्रतापसिंह लामा,महाधिवेशन प्रतिनिधि जयराम दाहाल ,कांग्रेस प्रदेश सभापति गणेश लामा कांग्रेस नेता श्याम ढुंगानालगायतका कांग्रेस नेताहरुले प्रथम जिल्ला अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टीका त्रिक्राशिल सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गरिएको भएपनि कार्यक्रममा भने पार्टीका स्थानीय तहका नेता र जिल्ला तहका नेताहरुको बढि सहभागिता रहेको थियो । स्थानीय र पार्टीका साधारण सदस्यहरुको उपस्थितिको संख्या अत्यन्त कम रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि केसीले मुलुक अहिले अप्ठेरो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले नेतृत्व गरेर देशलाई सहज अवस्थामा ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाले जनता मंहगी र भ्रष्टाचारबाट आक्रान्त भएका भन्द सरकारले देशमा अमन चयन कायम गराउन नसकेको पनि आरोप लगाउनु भयो । उहाले नगर सम्मेलन मार्फत कांग्रेसमा नयाँ उर्जा थपिने भन्दै नेपाली कांग्रेसले गरेका कामहरुको जनतामा पुगेर प्रष्ट सन्देश दिनुपर्नेमा जोड दिनुभयो । नेता केसीले नुवाकोट जिल्लाका लागि आफूले धेरै काम गरेको र अझै जनताका लागि काम गर्नेप्रतिवद्धता पनि जनाउनु भएको थियो । उहाले वर्तमान अर्थमन्त्रीले आफू निर्वाचन लडेको क्षेत्रमा जानजान बढेर कटाएको भन्दै केसीले आफ्ना असन्तुष्टि पुन ः दोहोर्याउनु भएको थियो ।

कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले बेलकोटगढी नगरपालिकाको निर्माण र यसको विकासका लागि आफूहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै अझै विकासका लागि प्रतिवद्ध रहेको दोहोर्याउनुभयो । नेपाल कांग्रेस केन्द्रीय समितिले यस वर्षदेखि पार्टीको नियमित कार्यतालिका अनुसार नै हरेक वर्ष पार्टीका सबै तहको सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही व्यवस्था अनुसार कांग्रेस बेलकोटगढीले वडा सम्मेलन सम्पन्न गर्दै नगर सम्मेलन आयोजना गरेको सभपाति मुडबरीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो .