विदुर । नुवाकोटमा पुरुष मतदाता महिलाभन्दा १० हजार ४२३ बढी
नुवाकोट। नुवाकोट जिल्लामा मतदाताको कुल संख्या २ लाख ४८ हजार ५०९ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटको तथ्यांकअनुसार २०८३ भदौ १५ गतेसम्म संकलित तथा सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताको संख्यात्मक विवरणमा जिल्लाभर २ लाख ४८ हजार ५०९ मतदाता रहेका छन्।
विवरणअनुसार जिल्लामा १ लाख २९ हजार ४६५ पुरुष, १ लाख १९ हजार ४२ महिला र अन्य समूहका २ जना मतदाता रहेका छन्।
तथ्यांकअनुसार जिल्लामा महिला मतदाताभन्दा पुरुष मतदाताको संख्या १० हजार ४२३ ले बढी रहेको छ।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नं. १ मा सात स्थानीय तह र निर्वाचन क्षेत्र नं. २ मा पाँच स्थानीय तह पर्दछन्।
पालिकागत तथा मतदानस्थलअनुसार तयार गरिएको निर्वाचन कार्यालयको विवरणले जिल्लाको समग्र मतदाता अवस्थालाई चित्रण गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्